काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सोमवार चार दिने फ्लोरा एक्स्पो सम्पन्न भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मुल नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको प्रदर्शनी आयोजना गरिएको थियो ।
फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह आयोजनामा गत शुक्रवार प्रदर्शनी शुरु भएको थियो । प्रदर्शनीमा पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल बिरुवा राखिएका थिए । प्रदर्शनीमा सहभागी व्यवसायीहरूलाई विभिन्न विधामा प्रतिस्पर्धा गराइएको थियो, जसमा प्रथम हुनेलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनीमा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारिक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङ सामग्रीलगायत प्रदर्शनी तथा विक्रीमा राखिएका थिए ।
हेर्नुस् तस्वीरहरू :