ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

२०७९ चैत, २१  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको धनगढी शाखाले १६औं वार्षिकोत्सवको अवसरमा शनिवार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गौरीगंगा नगरपालिका–५ अण्डैयामा आयोजित शिविरमा करीब तीन सयजनाले नि:शुल्क स्वास्थ्य परीक्षण गरेको बैंकले जानकारी दिएको छ । शिविरमा औषधिसमेत नि:शुल्क वितरण गरेको थियो । शिविरमा सुगर, प्रेसरसहित सामान्य स्वास्थ्य जाँच गरी विभिन्न रोगको चेकजाँचसहित आवश्यक स्वास्थ्य सुझाव समेत दिइएको थियो । अत्तरिया अस्पतालका डा. आनन्द पाठक, डा. अनिशकुमार शाह, डा. सीता बम र डा. धनसार जागरीको टोलीले शिविरमा स्वास्थ्य जाँच गरेको हो । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार र रोकथाम गर्ने उद्देश्यअनुरूप शिविरको आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)