ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु क्यापिटल सगरमाथा जलविद्युत् कम्पनीको शेयर रजिष्ट्रार

२०७९ चैत, २१  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु क्यापिटल सगरमाथा जलविद्युत् कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । यी दुई पक्षबीच सोमवार शेयर रजिष्ट्रारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा सगरमाथा जलविद्युत्का अध्यक्ष डा. भोगेन्द्रकुमार गुरागार्इं र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका थिए । सोमवारदेखि लागू हुनेगरी प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको होे । शेयर रजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले सगरमाथा जलविद्युत्को धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण विवरणको अभिलेख राख्ने एवं शेयरधनीको लगत अद्यावधिक गर्ने लगायत कार्य गर्ने सम्झौतामा उल्लेख छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)