काठमाडौं । हिमालयन बैंकको विभिन्न बचत खातामध्ये नारी बचत खाता र विशेष तलबी खातामा दिइँदै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम वृद्धि गरिएको छ । उक्त सीमा रू. ५ लाखबाट वृद्धि गरी रू. १० लाख रुपैयाँसम्म पुर्याइएको हो । नारी बचत खाता नारी लक्षित योजनाको रूपमा रहेको छ । त्यस्तै विशेष तलबी खाता व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने गरिएको बैंकले जानकारी दिएको छ । यसबाहेक नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छूट र विभिन्न बंैकिङ सेवामा २५ प्रतिशतसम्म छूट रहेको बैंकको भनाइ छ ।