काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको चुच्चेपाटीस्थित जोली फेमिली डेन्टल केयर प्रालिबीच बैंकका कार्डवाहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपछि बैंकका कार्डवाहकले डेन्टल केयरमा १५ प्रतिशतसम्मको छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।