ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलर अर्बपतिको सूचीमा ३१८ स्थान माथि आए विनोद चौधरी, १० वर्षमा जोडे थप १ खर्ब सम्पत्ति

२०७९ चैत, २२  
समाचार र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा / आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । विनोद चौधरी विश्वको धनी व्यक्तीहरुको सूचीमा १ हजार ६४७ ‌औ स्थानमा पर्न सफल भएका छन् । यो गत वर्षको तुलनामा ३१८ स्थान माथि हो । गत वर्ष उनी उक्त सूचीको १ हजार ९६५ औं स्थानमा थिए । फोर्ब्सको ‘द रियल-टाइम बिलिनियर्स'हरूको सूचीमा परेका उनी नेपलका एकमात्र अर्बपति हुन् ।

फोर्ब्सका अनुसार अहीले उनको कुल सम्पती १ अर्ब ८० करोड डलर रहेको छ । नेपाल लगायत विश्वका धेरै मुलुकमा व्यावसाय सञ्चालन गरिरहेका चौधरीको कुल सम्पती कुन देशमा कति छ वा कति बढेको हो भन्ने फोर्ब्सले सार्वजनिक गरेको छैन ।  चौधरी CG Corp Global  को अध्यक्ष हुन् । जुन खाना र इलेक्ट्रोनिक्स देखि बियर र होटल व्यवसायहरूमा संलग्न छ ।

नेपालमा उनको नबिल बैंकमा अधिकतम् शेयर छ । 'वाइ वाइ' चाउचाउको उत्पादन साथै सीजी फुड्सको भारत, सर्बिया, साउदी अरब र बंगलादेशमा कारखानाहरू छन् । फोर्ब्सका अनुसार, सीजीको सम्पतीमा होटल तर्फ १४३ ‌ओटाको स्वामित्व र व्यवस्थित सम्पत्ति छन्, जसमा भारतको ताज होटल चेनसहितका ठूला होटलहरू पर्छन् ।

गतवर्ष उनको कुल सम्पती १ अर्ब ५० करोड डलर थियो । यसको तुलनामा यो वर्ष उनको सम्पत्ति ३० करोड डलर बढेको फोर्ब्समा उल्लेख छ ।  सन् २०१३ को फेब्रुअरीदेखि चौधरी अर्बपतिको सूचीमा प्रवेश गर्ने पहिलो र एकमात्र नेपाली अर्बपती हुन । २०१३ मा उनको सम्पत्ती १ अर्ब डलर थियो ।

२०१३ देखि अहीले सम्म १० वर्षमा उनको सम्पती ८० प्रतिशतले बढेको छ । चौधरी  पहिलो पटक फोर्ब्सको सूचीमा पर्दा १३४२ औं स्थानमा थिए । त्यसयता उनि फोर्ब्सको सूचीमा रहँदै आएका छन् । तर, अहिलेको उनको बरियता २०१३ को भन्दा भने पछि छ ।
 

कुन वर्ष कति थियो विनोद चौधरीको सम्पत्ती र फोर्ब्समा स्थान?

वर्ष सूचि सम्पत्ती (अर्ब डलरमा)
२०१३ १३४२
२०१४ १४६५ १.१
२०१५ १३०६ १.३
२०१६ १५७७ १.१
२०१७ १५६३ १.३
२०१८ १५६७ १.५
२०१९ १३४९ १.७
२०२० १५१७ १.४
२०२१ १५१३ १.४
२०२२ १९६५ १.५
२०२३ १६४७ १.८

फोर्ब्सको पछिल्लो अर्बपतिहरूको सूची अनुसार, बर्ना आर्नौ सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति २११ बिलियन डलर पुगेको छ । गत वर्ष उनी उक्त सूचीको तेस्रो स्थानमा थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)