काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं न्यूरोडस्थित एलिवेट लाउन्ज एण्ड क्लब प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् बैंकका कार्डवाहकले क्लबमा २० प्रतिशतसम्मको छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंककोे छ । डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन ग्राहकमैत्री सुविधा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ । १८२ ओटा शाखा, १३९ ओटा एटीएम र ९७ ओटा शाखारहित बैंकिङ इकाईबाट बैंकले सेवा प्रवाह गर्दै आएको छ ।