ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हावाबाट पानी निकाल्ने मेशिन !

May 2, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri


इजरायलको एक कम्पनीले हावाबाट पानी निकाल्ने मेशिन बनाएको छ । यो नयाँ र सस्तो प्रविधिबाट निर्मित मेशिनले पातलो हावाका कणबाट पानी निकाल्ने कम्पनीको दाबी छ । पानी उत्पादन प्रविधि निर्माता कम्पनी वाटर–जेनले निर्माण गरेको ‘एट्मोस्फेरिक वाटर जेनेरेशन युनिटले ‘जिनियस हिट एक्सचेञ्जर’नामक एक प्रविधिका माध्यमबाट हावालाई चीसो र बाफलाई तातो बनाउने काम गर्छ । त्यस्तै त्यो हिट एक्सचेञ्जरबाट स्वच्छ हावा पास हुन्छ  । त्यसपछि त्यो हावामा रहेको पानीलाई छुट्ट्याउने कार्य गरिन्छ र त्यसलाई युनिटमा रहेको ट्याङ्कीमा जम्मा गरिन्छ । त्यसपछि  पानीलाई फिल्टर गर्न पठाइन्छ, जहाँबाट पानीमा रहेको रासायनिक तŒव र सूक्ष्म कीटाणु छानिन्छ ।

अहिले विश्वले पानी अभावको ठूलो सङ्कट बेहोरिरहेको अवस्थामा यो प्रविधिले धेरै मानिसलाई राहत हुन सक्ने देखिन्छ । भारतमा यस प्रविधिको प्रयोगबाट साढे १ रुपयामै एक लिटर पानी प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । भारतीय बजारमा  एक बोतल पानी (एक लिटर) औसतमा १५ रुपयामा विक्री हुने गरेको छ । कम मूल्यको प्रविधिले पानी अभावको चपेटामा परेका विकासशील राष्ट्रको समस्या समाधान गर्न सहयोग पुग्ने बताइएको छ ।

हावाबाट पानी निकाल्ने यो प्रविधि विकासोन्मुख राष्ट्रहरूमै विक्री गर्नुपर्ने विश्लेषकहरूको सुझाव छ । उदाहरणका लागि भारतमा सबैका लागि पर्याप्त खानेपानी उपलब्ध छैन । भविष्यमा पनि त्यहाँ पानीको चरम अभाव हुन सक्छ । यो हावाबाट पानी निकाल्ने मेशिनलाई आवासीय युनिटका रूपमा निर्माण गर्ने र यसले भारतमा पर्याप्त पानी उपलब्ध गराउन सक्ने विज्ञहरूको दाबी छ । पीटीआई/रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)