ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रहरी विद्यालयका लागि सनराइजको ७० लाख छात्रवृत्ति

२०७९ चैत, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेनदार विद्यार्थीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत रू. ६९ लाख ८० हजार ६३४ छात्रवृत्ति रकम सहयोग गरेको छ । नेपाल प्रहरीका विभिन्न आठओटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, शहीद एवम् अशक्त प्रहरीका जेहेनदार सन्ततिलाई उत्प्रेरणा गर्ने उद्देश्यले उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ । बैंकले १५ विद्यार्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरूप छात्रवृत्ति प्रदान गरेको बताइएको छ ।

नेपाल प्रहरीे प्रधान कार्यालय नक्सालमा बुधवार भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविनकुमार नेपाल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर लगायत नेपाल प्रहरीका विशिष्ट व्यक्तिको उपस्थिति थियो । छात्रवृत्ति कार्यक्रमले नेपाल प्रहरीका जेहेनदार सन्तानलाई अझ अघि बढ्न प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)