काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौं चाबहिलस्थित दीर्घायु गुरु हस्पिटलबीच बैंकका कार्डवाहकलाई छूट दिने सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका कार्डवाहकले हस्पिटलमा १० प्रतिशतसम्मको छूट पाउनेछन् । सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको बैंकले जानकारी दिएको छ । १८२ शाखा, १३९ एटीएम, ९७ शाखारहित बैंकिङ इकाईबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकको भनाइ छ ।