ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंक र केसर स्वीट्स एण्ड फुड्सबीच छूट सम्झौता

२०७९ चैत, २६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलार्ई काठमाडौंको पशुपति प्लाजास्थित केसर स्वीट्स एण्ड फुड्सले मिठाईका परिकार खरीदमा १० प्रतिशत छूट दिने भएको छ । सोसम्बन्धी समझदारीपत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र फुड्सका सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरेका छन् ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राखी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले मिठाईका परिकार खरीद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा उक्त छूट पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)