काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट (Cricket) प्रतियोगिता एसीसी प्रिमियर कप (ACC Premier Cup) का लागि मूलपानी (माथिल्लो मैदान)मा अहिले धमाधम मर्मत हुँदैछ ।
Cricket Association of Nepal क्रिकेट एशोसियशन अफ नेपाल (क्यान)का अनुसार चेन्जिङ रुम, शौचालय र तारजाली घेरबारको काम भइरहेको छ । यस्तै, पिच निर्माण, मैदान लेबलिङ, घाँस काट्नेलगायत काम पनि भइरहेको क्यान (CAN) ले जनाएको छ । मैदान मर्मतका लागि ४० लाख रुपैयाँ लाग्ने क्यानको अनुमान छ ।
आगामी वैशाख ५ बाट शुरु हुने उक्त प्रतियोगिताअन्तर्गत मुलपानी मैदानमा ११ ओटा खेल हुँदैछन् । यो उक्त मैदानमा हुन लागेको पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता हो । नेपालले भने उक्त मैदानमा समूह चरणका १ खेल मात्र खेल्दैछ । नेपालले बाँकी खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्नेछ । प्रिमियर कपमा नेपालसहित १० टिमले भाग लिँदैछन् ।