काठमाडौं । लुम्बिनी विकास बैंकले ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेले एक्सटेन्सन काउन्टरमा एटीएम सेवा शुरू गरेको छ । स्थानीय स्तरमा अझै सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यले एटीएम सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ । एटीएम सेवाको उद्घाटन बैंकका मुख्य प्रबन्धक दीपक खनाल र गोदावरी नगरपालिका–५ का अध्यक्ष मिलन सिलवालले गरेका थिए । बैंकले हाल ८९ शाखा, एक एक्सटेन्सन काउन्टर र २० एटीएममार्फत सेवा प्रदान गर्दै आएको बताइएको छ ।