ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १०% छूट

२०७९ चैत, २८  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छूट दिने योजना सार्वजनिक गरेको छ । यस छूट योजनाअन्तर्गत ग्राहकले बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरीद गर्दा कुल खरीदको ८ देखि १० प्रतिशतसम्म छूट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा १ हजार रुपैयाँसम्म छूट पाइने बताइएको छ । छूट पाउन प्रयोगकर्ताले दराज एपबाट बैंकको छूट भौचर लिनुपर्नेछ । एक जनाले एक पटकमात्र छूट पाउनेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत २८ देखि २०८० वैशाख १ गतेसम्म मान्य हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)