ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा र पानको व्यापार : हेर्नुहोस १० तस्वीरमा [फोटो फिचर] 

२०७९ चैत, २८  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । सोमवारबाट शुरु भएको बिस्काः (बिस्केट) जात्रामा भक्तपुरमा रौनक छाएको छ । भक्तपुरवासी जात्राको माहोलमा रमाइरहँदा पान व्यापारीहरू भने जात्रालुलाई पान बेच्न व्यस्त छन् । 

थापाथलीमा डेरा गरी बस्दै आएका पान व्यापारी जयनारायण यादव मंगलवार जात्रास्थलमा पान बेच्दै थिए । यसो त उनी पहिलोपटक भने जात्रामा आएका होइनन्, हरेक वर्ष उनी जात्रामा पान बेच्ने आउने गरेका छन् ।    

उनले दिउँसो १२ बजेदेखि ४ बजेसम्म करिब १००० रुपैयाँको व्यापार भएको बताए । ४० वर्षका रक्सौल निवासी यादवले १०/१५ वर्षदेखि बिस्काः जात्रामा पान बेच्दै आइरहेको सुनाए । जात्रालुले पान खाने गरेकाले आफू हरेक वर्ष जात्रामा पान बेच्ने गरेको उनको भनाइ छ । उनी हरेक वर्ष सार्वजनिक यातायात चढेर जात्रास्थल पुग्छन् र बेलुका डेरा फर्कन्छन् । जात्रामा आफूले प्रतिगोटा ३० रुपैयाँमा पान बेचेको उनले बताए । 

त्यसो त जात्रामा पान व्यापारी मात्रै पुगेका छैनन्, कुल्फी, फास्टफुड बेच्नेहरू पनि देखिन्छन् । जात्रालुको कुल्फी, फास्ट फुडमा रुचि देखिएकाले यस वर्ष पानको व्यापार त्यति नभएको उनको भनाइ छ । 

अघिल्ला वर्ष दैनिक ४–५ हजार रुपैयाँसम्म कमाइ हुने गरेकोमा यस वर्ष मुस्किलले २–३ हजार रुपैयाँ आम्दानी भएको उनले सुनाए । तर, वैशाख १ गते भने आम्दानी राम्रो हुन सक्ने उनको अनुमान छ । 

टोखाबाट आफनो मामाघर आएका सन्देश प्रजापति जात्रामा पान खाने गरेको सुनाउँछन् । सानैदेखि बिस्काः जात्रामा घुम्न आउँदा पान खाने गरेको उनले बताए । 

बिस्काः जात्रा ८ रात र ९ दिन मनाइन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)