काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारणसभा मंगलवार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै सभाबाट संस्थाको कायम जारी तथा चुक्तापूँजी ३८ करोड ४० लाख रुपैयाँ पुर्याउने प्रस्ताव पारित भएको छ । साधारणसभाले विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने प्रस्ताव स्वीकृत गरेको छ । यी दुई संस्थाबीच शेयर आदान प्रदान अनुपात १:१ रहने बताइएको छ ।