काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाले मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रम सम्पन्न गरेका छन् । बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवादेवी सेवा समितिलाई आठ थान सीसी टीभी हस्तान्तरण गरिएको छ । मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिको सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद तथा अन्य आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकको डँडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकको दैनिक आधारभूत आवश्यकता पूरा गर्न सहजता मिलोस् भन्ने उद्देश्यले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको बैंकले जानकारी दिएको छ ।