काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि छनोट भएका ७४ जना नवनियुक्त कर्मचारीलाई बुधवारदेखि चौधदिने पूर्व सेवाकालीन तालीम काठमाडौंमा शुरू गरेको छ । तालीमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले व्यावसायिक ढंगबाट काम गरेर ग्राहकलाई सन्तुष्ट बनाउनुपर्ने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउँदै बैंकप्रति ग्राहकको विश्वास बढ्नेगरी काम गर्नुपर्ने बताइन् । मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले कर्मचारीलाई कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।