ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेगा क्यापिटलले ल्यायो लगानी व्यवस्थापन सेवा

२०७९ चैत, ३०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ वर्ष २०८० को अवसरमा २०:८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवाअन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल रहेको मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदरभन्दा बढी नाफा भएमा मात्र नाफा साझेदारी हुने बताइएको छ । यस सेवाअनुसार नाफाको २० प्रतिशत साझेदारी क्यापिटलले लिने र वार्षिक सञ्चालन सेवा शुल्कमा शतप्रतिशत छूट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यसबाट ग्राहकले न्यून लागतमा व्यावसायिक लगानी व्यवस्थापकको सेवा प्राप्त गर्न तथा शेयर बजारतर्फ लगानी प्रारम्भ गर्न मद्दत पुग्ने क्यापिटलको विश्वास छ । न्यूनतम ३ लाख नगद वा शेयर हस्तान्तरण गरेर उक्त सेवा न्यूनतम १ वर्षका लागि लिन सकिने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)