काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेटमार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टलाई भुक्तानी गर्न मिल्ने भएको छ । सेवा सुचारु भएसँगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट–भटेनी, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्नेछन् । रेमिट्याप वालेटमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी सहज, सुरक्षित र भरपर्दो हुने बैंकको दाबी छ ।