ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया क्यापिटलले ‘स्टार्टअप लन्चप्याड’ सेवा उपलब्ध गराउने

२०७९ चैत, ३०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘स्टार्टअप लन्चप्याड’ सेवालाई  पुन: सुचारु गरेको जानकारी दिएको छ । ‘कर्पोरेट एडभाइजरी’ सेवाअन्तर्गत ‘स्टार्टअप लन्चप्याड’ सेवा सञ्चालन गरेर यसअघि नै क्यापिटलले २० भन्दा बढी स्टार्टअप कम्पनीलाई सेवा प्रदान गरिसकेको क्यापिटलको भनाइ छ ।

‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ अनुरूप कर्जा सुविधा लिन इच्छुक सबै स्टार्टअप उद्यमीलाई क्यापिटलले ‘स्टार्टअप लन्चप्याड’ सेवाअन्तर्गत परामर्श लगायतमा सहजीकरण गर्ने भएको हो । कार्यविधिअनुसार विभिन्न विधाका स्टार्टअपसम्बन्धी सुविधा लिन इच्छुक स्टार्टअपले उक्त कर्जा सुविधासम्बन्धी परामर्श सेवा क्यापिटलमार्फत प्राप्त गर्न सक्ने बताइएकोे छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)