ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकको क्यालेन्डरमा जलवायु परिवर्तनसम्बन्धी सचेतना

२०७९ चैत, ३०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरमा जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्द्धनसम्बन्धी जानकारी समेटिएको बैंकले जानकारी दिएकोे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी तथा भूपेन्द्र पाण्डेले भित्तेपात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन् । उक्त क्यालेन्डरमा वातावरण संवर्द्धनका लागि आह्वान गर्दै नेपाली १२ महीनाको मौसम तथा प्राकृतिक सौन्दर्य दर्साउने तस्वीर राखिएका छन् । यसैगरी लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुंगीहरूदेखि सुन्दर हिमाल, लोपोन्मुख हिम चितुवाका तस्वीर प्रयोग गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)