काठमाडौं । माथिको तस्वीर झट्ट हेर्दा मानिसहरू लामबद्ध भएर धरहरा चढ्न लागेकाजस्तो देखिन्छन् । नझुक्किनुस् ! तिनीहरू धरहरा चढ्न गएका होइनन्, २०७२ सालको भूकम्पले ध्वस्त धरहराको अवशेषले बनेको ढिस्कोमा चढेका हुन् । धरहरा चढ्न त निर्माण सकिए पो !
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण नसकिँदै २०७८ वैशाख ११ गते धरहरा उद्घाटन गरेका थिए । तर, त्यसको दुई वर्ष बितिसक्दा पनि निर्माण पूरा नभएपछि सर्वसाधारणले धरहरा चढ्न पाएका छैनन् । धरहरा आसपासको दृश्य अवलोकन गर्न चाहनेहरू त्यही ढिस्कोमा चढ्छन् । र, आफ्नो रहर पूरा गर्छन् ।
धरहराको २० प्रतिशत काम सकिन बाँकी रहेको बताइएको छ । धरहराको मुख्य टावरका साथै टक्सार संग्रहालय, तीन तलाको बेसमेन्ट पार्किङ तथा सौन्दर्यकरण र पुरानो भत्किएको धरहरा क्षेत्रमा काम गर्नै बाँकी छ ।
निर्माण कम्पनी जीआइइपीसी–रमन कन्स्ट्रक्सनसँग २०७७ सालमा धरहरा निर्माण सक्ने गरी सम्झौता गरिएको थियो । तर, निर्माण नसकिएपछि अहिले पाँचौं पटक समय थप्ने तयारी भइरहेको छ ।
धरहराका अन्य तस्वीरहरू