काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १६औं वार्षिकोत्सवको अवसरमा छूट योजना सार्वजनिक गरेको छ । बैंकले वैशाखको पहिलो सात दिनका लागि लागू् हुने गरी बैंकका विभिन्न क्यास लेस कारोबारमा छूट र क्यासब्याक लगायत योजना सार्वजनिक गरेको हो, जसअन्तर्गत डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताले पस मेसिन र अनलाईनमार्फत १ रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २०० सम्म क्यासब्याक पाउने बताइएको छ । यसैगरी क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकले पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जानकारी दिएको छ ।
योजना अवधिभरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई नि:शुल्क रूपमा उपलब्ध गराउने बैंकले बताएको छ । त्यसैगरि बैंकले योजना अवधिभर नि:शुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था समेत गरेको छ ।