काठमाडौं । नयाँ वर्ष (New Year) २०८० सालको पहिलो दिन आज बिहानैदेखि काठमाडौं उपत्यका (Kathmandu Vally)का मन्दिर (Temple) हरूमा श्रद्धालुको घुइँचो लागेको छ । यही अवसरमा पशुपतिनाथ (Pashupati) लगायत मन्दिरहरूमा दशनार्थी पुगेका छन् ।
नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
काठमाडौंका अन्य मन्दिरहरूमा पनि आज बिहानै श्रद्धालु पुगेका छन् ।