ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तयार हुँदै रातो मच्छिन्द्रनाथको रथ, चिटिक्क पारिँदै मूर्ति [फोटो फिचर]

२०८० बैशाख, ३  
र यो पनि Slider फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथ (Rato Machindranath) को मूल रथ बनाउने काम धमाधम भइरहेको छ । यही वैशाख ८ गतेबाट शुरु हुने रातो मच्छिन्द्रनाथको जात्रा (festival)को समय नजिकिएसँगै रथ निर्माणले तीव्रता पाउन थालेको हो ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदामा शुरु भई असार शुक्ल चौथीसम्म गरी करिब २ महिना चल्ने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो जात्रा हो ।

मच्छिन्द्रनाथको रथ स्थानीय बाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता छ । मछिन्द्रनाथको रथयात्राको लागि ३२ फिट अग्लो पाँच तले रथ निर्माण हुन्छ । 

जात्राको सांस्कृतिक एवं धार्मिक महत्त्व छ । हिन्दू धर्मावलम्बीहरूले मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । 

जात्रा कहिले शुरु भयो भन्नेबारे यकिन गर्ने मिति नभए पनि यसलाई १६ सय वर्ष पुरानो संस्कृतिको रूपमा हेर्ने गरिन्छ । 

जात्रालाई नेवार (Newar) समुदायका मानिसले उत्सवका रूपमा मनाउने गरे पनि पछिल्लो समय विभिन्न जाति तथा सम्प्रदायका मानिसले पनि उत्सवका रुपमा मनाउन थालेका छन् । 

चिटिक्क पारिँदै मूर्ति

जात्राका अवसरमा ललितपुरको मच्छिन्द्रबहालस्थित रातो मच्छिन्द्रनाथको मन्दिरमा रहेको रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाएर चिटिक्क पारिँदै छ ।  रातो मच्छिन्द्रनाथको रथयात्रापूर्व मूर्तिलाई लगनखेलमा राखी विधिवत् रूपमा नुहाइदिने गरिन्छ । त्यसपछि मन्दिरका पुजारीहरूले चोखो गरी मूर्तिमा रङ लगाउने गर्छन् ।

वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर  शुुरु गरिने जात्राको अन्त्य असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर गरिन्छ । यो बर्ष वैशाख ८ गते मच्छिन्द्रनाथको रथारोहण पछि वर्षकै लामो रथयात्रा सोमवार बैशाख ११ गते पुल्चोकबाट सुरु हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)