काठमाडौं । नेपाल एसबिआई बैंकले कमलादीस्थित बैंकको कर्पोरेट कार्यालय उद्घाटन गरेको छ । भारतीय स्टेट बैंकका दिनेश खारा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतवार संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् । बैंकले आइतवार नै काठमाडौैस्थित पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेशर क्लिनर, वेट एण्ड ड्राई भ्याकुम क्लिनर र १० थान डस्टबिन प्रदान गरेको जानकारी दिएको छ । बैंक तथा कोषका विशिष्ट पदाधिकारीको उपस्थितिमा कोषलाई उक्त सरसफाइ सामग्री हस्तान्तरण गरिएको हो । साथै पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डाँडामा बैंकका अध्यक्ष खाराले वृक्षरोपण पनि गरेका थिए । यी कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत (इन्टरनेशनल बैंकिङ ग्लोबल मार्केट्स एण्ड टेक्नोलोजी) चल्ला श्रीनिवासुलु शेट्टी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल, बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, बैंकका सञ्चालक अप्सरा उप्रेती, स्वतन्त्र सञ्चालक गोपालप्रसाद भट्ट, वैकल्पिक सञ्चालक शान्त गौतम, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरञ्जन, प्रमुख सञ्चालन अधिकृत श्रीयादवेन्द्र कान्त, नयाँ व्यवसाय प्रवद्र्धन सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकको उपस्थिति थियो ।