ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकका सामाजिक सेवासम्बन्धी कार्यक्रम सम्पन्न

२०८० बैशाख, ४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाहरूले सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू सम्पन्न गरेका छन् । बैंकको बानेश्वर शाखाले काठमाडौं महानगरपालिका–३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ । फोहोर व्यवस्थापन गर्न मद्दत पुर्‍याउने उद्देश्यले डस्टबिन सहयोग गरिएको बैंकको भनाइ छ । त्यसैगरी बैंकको वीरगञ्ज शाखाले अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ । मठमा दर्शन गर्न आउने भक्तजनका लागि खानेपानीको आवश्यकता परिपूर्ति गर्न बैंकले समितिलाई उक्त सहयोग गरेको बताइएको छ । बैंकको बिचबजार–धादिङ शाखाले निलकण्ठ नगरपालिका–७ मा अवस्थित कर्णेश्वर माध्यमिक विद्यालयमा छात्रवृत्ति हस्तान्तरण कार्यक्रम सञ्चालन गरेकोे छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)