ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाटन संग्रहालयमा प्रदर्शनी : भूकम्प 'झस्काउने' तस्वीरदेखि नेपाल चिनाउने वस्तुसम्म [तस्वीरहरू]

२०८० बैशाख, ४  
बजार विविध फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । विश्व सम्पदा दिवसको अवसरमा ललितपुरको मंगलबजारस्थित पाटन संग्रहालयमा प्रदर्शनी (exhibition)चलिरहेको छ । 

नेपाल सम्पदा संघ, ललितपुर उपमहानगरपालिका, ललितपुर उद्योग वाणिज्य संघ तथा अन्य संघ तथा संस्थाहरूको सहकार्यमा आयोजित प्रदर्शनीमा २०७२ को भूकम्प (Earthquake)ले विनाश गरेका सम्पदाहरूको पुनःनिर्माणसम्बन्धी तस्वीर राखिएका छन् । यी तस्वीरहरूले २०७२ सालको भूकम्पमा परेकामध्ये धेरैलाई त्यो घटनाले झस्काउन सक्छ ।  

यससँगै प्रदर्शनीमा नेपाल चिनाउन वस्तुका रूपमा पश्मिना र ढाकाका सामान पनि राखिएका छन् । साथै धातुका मूर्ति, पौभा, थांङ्का र पेन्टिङ पनि प्रदर्शनीमा राखिएको छ । गत शनिवार शुरु भएको प्रदर्शनी मंगलवारसम्म चल्ने नेपाल हस्तकला महासंघले जनाएको छ ।  

हरेक वर्ष अप्रिल १८ मा संसारभरि विश्व सम्पदा दिवस मनाइन्छ । संसारभरका सम्पदाको संरक्षण र संवद्र्धनका लागि पहल गर्न संयुक्त राष्ट्र संघले हरेक वर्ष यो दिवस मनाउने गरेको छ । 

विश्व सम्पदा सूची (World heritage list) मा नेपालका सगरमाथा (Mount Everest), चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौं दरवार क्षेत्र सूचीकृत छन् । 

यो वर्षको विश्व सम्पदा दिवसको मूल नारा 'Heritage Changes' रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)