काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले अनाथ बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले रू. १ लाख ५० हजार सहयोग गरेको हो । सोह्रौं वार्षिकोत्सवको अवसरमा संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मालाई बैंकले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । सहयोग रकम बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा खर्च गरिने बताइएको छ ।