काठमाडौं । एभरेष्ट बैंकको मोबाइल एप ‘ईपीएल टच २४’ मार्फत स्मार्ट क्यूआर भुक्तानी शुरू भएको छ । बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सोमवार मोबाइल एप प्रयोग गरी स्मार्ट क्यूआरमा भुक्तानी गरेर सेवाको आरम्भ गरेका हुन् ।
यो सेवा शुरुआत भएसँगै एप प्रयोगकर्ताले भाट–भटेनी, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध २ लाखभन्दा बढी मर्चेन्टमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
ग्राहकले भुक्तानी गरे लगत्तै रकम सीधै बैंकको खातामा जम्मा हुने सुविधा भएको स्मार्ट क्यूआरले बैंकमा खाता रहेका मर्चेन्टलाई थप सुविधा पुग्ने बैंकको विश्वास छ ।