ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकको ऋणपत्र पूरै विक्री

२०८० बैशाख, ६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत चैत २९ गते देखि निष्कासन खुला गरेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर–२०८९’ तोकिएको समय वैशाख ४ गतेभित्रै विक्री सम्पन्न गरेको छ । १० वर्ष अवधि तथा वार्षिक ब्याजदर ११ प्रतिशत भएको ऋणपत्र प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता जारी गरिएको थियो । यसरी हुन आउने जम्मा रकम १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र ४० प्रतिशत रकम सर्वसाधारणका लागि खुला गरिएको थियो । इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । उक्त ऋणपत्र खरीदका लागि छिटोमा वैशाख ४ गते र ढिलोमा वैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)