काठमाडौं । सामसङले ए सिरिजका ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीको खरीदमा विशेष योजना शुरू गरेको छ । यस योजनाका लागि सामसङले नबिल बैंकसँग सहकार्यको सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले यी मोडलका मोबाइल खरीद गर्दा रू. २ हजार क्यासब्याक पाउने बताइएको छ । यी दुवै मोडलमा उत्कृष्ट क्यामरा र ५ हजार एमएएच ब्याट्री रहेको कम्पनीको भनाइ छ । क्यासब्याक अफरले ग्राहकलाई यी मोडल खरीद गर्न अझै सुलभ भएको कम्पनीको ठहर छ ।