ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भुटानी शरणार्थी बन्न फारम भरेको मात्रै २० लाख रुपैयाँ ! काठमाडौंबाट थप १० जना सम्पर्कमा

२०८० बैशाख, ७  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । भुटानी शरणार्थी बन्नको लागि फारक भरेको मात्रै १५  देखि  २० लाख रुपैयाँ तिरेको खुलेको छ । यसरी ठगिने १० जना काठमाडौं प्रहरीको समर्पर्कमा आएका छन् ।

अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर ५ करोड २० लाख रुपैयाँ ठगी भएको भन्दै १० जना काठमाडौं प्रहरीको सम्पर्कमा आइपुगेका छन् । 

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले ५ करोड २० लाख रुपैयाँ ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् ।

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधवार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ । 

उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ । यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । रासस

#abhiyandaily #aarthikabhiyan #America #Bhutan

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)