ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० फोटोमा हेर्नुहोस ईद उल फित्रको उल्लास (फोटो फिचर)

२०८० बैशाख, ९  
विविध Slider फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

मुस्लिम समुदायले ईद (ईद उल फित्र) हर्षोल्लासका साथ मनाएका छन् । मस्जिदहरुमा एक आपसमा खुशी साटासाट गरि पर्व मनाइएको छ ।

ईद मुस्लिम समुदायको पवित्र महीना तथा कुरान अवतरण भएको महीना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो । ईदु उल  फित्र मनाउनका लागि आज मुस्लिम समुदाय ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । मुस्लिम समुदाय आज बिहानैदेखि मस्जिदमा पुगेका छन् ।

आत्मसंयम र शुद्धिका लागि एक महीनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईद उल फित्र भनिएको हो । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)