काठमाडौं । वसन्त ऋतुको आगमनसँगै काठमाडौं मनमोहक देखिएको छ । सडकमा बैजनी रंगका ‘ज्याकारान्डा’ फूल फुलेपछि काठमाडौं मनमोहक देखिएको हो ।
काठमाडौंको कमलपोखरी, रत्नपार्क, टुँडिखेल, दरबारमार्ग, भृकुटीमण्डप, घण्टाघर, बबरमहल, सिंहदरबार, थापाथली तथा ललितपुरको महालक्ष्मीस्थानलगायत क्षेत्रका सडक ‘ज्याकारान्डा’ फुलेपछि बैजनी रङले रंगीन बनेका छन् । यो फूल चैतदेखि जेठसम्म फुल्छ ।