काठमाडौं । नबिल बैंक लिमिटेडले 'Nabil Life Time Free Credit Card' बजारमा ल्याएको छ । Nabil Bank Limited ले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो ।
यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । कार्डमार्फत ग्राहकले किनमेल गर्न, बिल तिर्न र नगद झिक्ने सबै सुविधाहरू प्राप्त गर्न सक्ने छन् ।
बैंककी Retail Lending Unit प्रमुख चाँदनी श्रेष्ठका अनुसार यो कार्डले ग्राहकलाई सजिलो र सस्तो सुविधा लिन सहयोग पुग्नेछ । हामी 'हाम्रो लाइफ टाइम फ्री क्रेडिट कार्ड सुरु गर्न पाउँदा उत्साहित छौँ र यो कार्डले हाम्रा ग्राहकहरूलाई पहिले भन्दा सजिलो र सस्तो सुविधा प्रदान गर्नेमा हामी विश्वस्त छौँ,' उनले भनिन् ।
नबिल बैंकका नयाँ र विद्यमान खाता भएका ग्राहकहरूले यो कार्डका लागि आवेदन दिन सक्नेछन् । कार्डका लागि आवेदन दिन नबिल बैंकको वेबसाइटमा गएर वा देशभरका २५६ शाखाहरूमध्ये कुनै पनि शाखामा सम्पर्क गर्न सकिने छ। यो योजना सिमीत अवधिका लागि मात्र लागु हुने बैंकले जनाएको छ ।