ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टेकोमै थामिएका काठमाडौंका धरोहरहरू ! [फोटो फिचर] 

२०८० बैशाख, १२  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्प (earthquake) मा धरहरा र काष्ठमण्डप मन्दिर ढले । नौतले दरबार लगायतका संरचना क्षतिग्रस्त बने । तर, त्यसको ८ वर्ष बित्दा पनि काठमाडौंमा ढलेका ती सम्पदाको अझै पुनःनिर्माण पूरा भएको छैन । कतिपय भने अझै टेकोमै थामिएका छन् ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहराको पुनःनिर्माण सकिएको छैन । त्यतिबेला प्रधानमन्त्री ओलीले पुनःनिर्माण नसकिँदै धरहराको उद्घाटन गरेका थिए । पुनःनिर्माण नसकिँदा सर्वसाधारणको धरहरा चढ्ने धोको पूरा हुन सकेको छैन । 

काष्ठमण्डप मन्दिरको अवस्था पनि उस्तै छ । यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त मन्दिर अझै सर्वसाधारणका लागि खुला गरिएको छैन । 

स्थानीयले भने मन्दिरको पुनःनिर्माणमा कमसल सामग्री प्रयोग गरेको आरोप लगाएका छन् । यही कारण मन्दिरका टुँडाल हल्लिने गरेको उनीहरूको भनाइ छ । 

भूकम्पमा क्षतिग्रस्त नौतले दरबारको काम पनि अझै पूरा भएको छैन । त्यसको पुनःनिर्माण (reconstruction) को काम लगभग सकिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)