काठमाडौं । विप्रेषण भित्र्यायन योगदान पुर्याएबापत हिमालयन बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ । राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।
हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ मा कुल विप्रेषणको १६ दशमलव ९० प्रतिशत रकम भित्त्याएको बैंकको भनाइ छ । दुई दशकदेखि विप्रेषण सेवा ‘हिमाल रेमिट’मार्फत ग्राहकलाई समयानुकूल सेवा–सुविधा प्रदान गर्दै आएको बैंकको भनाइ छ ।
संसारभरका १२५ भन्दा बढी व्यावसायिक साझेदारका सञ्जालमार्फत ग्राहक केन्द्रित विप्रेषण सेवा सञ्चालन गर्दै आएको बंैकले जानकारी दिएको छ । १८ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रूपमा हिमाल रेमिटले भुक्तानी गर्दै आएको छ ।