काठमाडौं । आज १३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखमा मनाइने यो दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न श्रमिक संगठनहरूले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्, गर्दैछन् ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा सन् १८९० देखि यो दिवस मनाउन थालिएको हो । यही दिवसको अवसरमा सरकारले २०४६ सालयता यो दिवसमा सार्वजनिक बिदा दिने गरेको छ ।
यो दिवस मनाइँदै आए पनि यो नारा व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । नेपाल सरकारले पनि यो दिवसमा बिदा दिनु र कार्यक्रम गर्नुबाहेक केही नगरेको श्रमिक नेताहरूको गुनासो छ ।
यो दिवसमा देशभर विभिन्न कार्यक्रम भए पनि मजदुरलाई भने यो दिवसले छोएको छैन । उनीहरू कार्यक्रमभन्दा पनि आफ्नै काममा व्यस्त छन् ।
अन्तराष्ट्रिय श्रमिक दिवस र त्यसको दुई दिनअघिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा काम गरिरहेका मजदुरहरूका तस्वीरहरू ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान