ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अल नासर गएपछि सबैभन्दा धेरै कमाउने खेलाडी बने रोनाल्डो, विश्व कप चुमेका मेसी दोस्रो

२०८० बैशाख, २१  
अन्तरराष्ट्रिय र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । पोर्तुगाली फुटबल स्टार क्रिष्टियानो रोनाल्डो (Cristiano Ronaldo) सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । साउदी अरबको फुटबल क्लब अल नासर (Al Nassr) मा गएपछि सन् २०१७ यता पहिलो पटक रोनाल्डोले सबैभन्दा धेरै कमाउने खेलाडी बनेका हुन् । अमेरिकी व्यवसायिक पत्रिका  फोर्ब्स (Forbes) का अनुसार ३८ वर्षिय  पोर्चुगाली फवार्ड रोनाल्डोले गएको १२ महीनामा १३ करोड ६० लाख डलर (१० करोड ८ लाख पाउन्ड) कमाएका छन् ।

अल नासरसँगको करारसँगै रोनाल्डोले क्लबबाट वार्षिक १७ करोड ६५ लाख पाउन्ड पाउनेछन् । फिफा विश्वकप विजेता अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसी रोनाल्डोलाई पछ्याउँदै दोस्रो स्थानमा छन् । गएको १ वर्षमा Messi ले  १३ करोड डलर कमाएका छन् । फ्रान्सेली फुटबल स्टार काइलियान एमबाप्पे सबैभन्दा धेरै कमाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् । उनले समिक्षा अवधिामा १२ करोड डलर कमाएका छन् । 

फोर्ब्सको शीर्ष १०को सूचिमा बास्केटलबल स्टार लेबर्न जेम्स र बक्सर क्यानेलो अलल्भारेज पनि छन् । जेम्सले गएको १२ महीनामा ११ करोड ९० लाख डलर र आल्भारेजले ११ करोड माएका छन । २० पटकको टेनिस ग्र्यान्ड स्ल्याम विजेता रोजर फेडरर शीर्ष १० मा परेका एक मात्रै सेवा निवृत्त खेलाडी हुन् । समीक्षा अवधिमा फेडररको कमाई ९ करोड ५१ लाख डलर थियो । उनी सूचीको नवौं स्थानमा छन् । 

यस वर्षको सूचिमा शीर्ष १० मा दुई जना गल्फरहरु पनि छन् । छैठौं स्थानमा १० करोड ७० लाख डलर कमाएर डष्टिन जोन्सन रहेका छन् भने १० करोड ६० लाख डलर कमाइसहित फिल मिकेलसन सातौं स्थानमा छन् । सन् २०२० को सूचीमा जोन्सन शीर्ष ५० मा पनि थिएनन् ।

फोर्ब्सका अनुसार मिकेलसनले गएको वर्ष आफ्नो करियभर कर पूर्वको १ अर्ब डलर कमाएका थिए । फोर्ब्सको तथ्यांकमा खेलाडीहरुको तलब, पुरस्कार राशी र बोनस जस्ता अन–फिल्ड कमाईको साथसाथै प्रायोजन सम्झौता, एपियरेन्स फिलगायत अफ–फिल्ड कमाई दुबै समावेश छन् । एजेन्सी

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)