काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ । २०५८ वैशाख २१ गते स्थापित यस कम्पनीले बिहीवार विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको सेवाको गुणस्तर थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । सम्पूर्ण सरोकारवालाको अपेक्षा पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने उनको भनाइ छ ।
२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीले सातओटै प्रदेशबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । रक्तदान कार्यक्रमबाट ३१० पिन्ट रगत संकलन गरिएको छ । कम्पनीको २०७९ चैत मसान्तसम्मको लगानी रू. १६२ दशमलव २८ अर्ब रहेको छ भने जीवन बीमा कोष करीब रू. १५८ अर्ब सञ्चित रहेको बताइएको छ । कम्पनीले १९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा दिँदै आएको छ ।