काठमाडौं । गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा मुस्ताङ आउने जाने पर्यटकलाई लक्षित गरी एटीएम सेवाको शुरू गरेको छ ।
एक कार्यक्रमका बीच बैंकका सञ्चालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेका हुन् । यसबाट पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकलाई आर्थिक कारोबार गर्न सहज हुने बैंकको अपेक्षा छ ।
नेपालभर १२१ शाखा कार्यालय, ५० एटीएम, ‘गरिमा डीजी बटुवा’, डेबिट÷क्रेडिट कार्ड लगायत डिजिटल बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।