ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२५६७औं बुद्ध जयन्तीमा समृद्धि फाइनान्सका विभिन्न कार्यक्रम 

२०८० बैशाख, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं। समृद्धि फाइनान्सले शुक्रवार २५६७औं बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । फाइनान्सको बुटवल शाखा कार्यालयले बुटवलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जुस वितरण गरेको छ । साथै हेटौंडा शाखाले जिक्देन शिवा छेत्रालिङ गुम्बालाई खाद्यान्न वितरण गरेको छ । 

फाइनान्सले चण्डेश्वरी जात्राको अवसरमा शनिवार बनेपा शाखा कार्यालयबाट जात्रामा उपस्थित भक्तजन तथा आगन्तुकलाई पानी तथा जुस वितरण गरेको छ । फाइनान्सले हाल आठओटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायत बैंकिङ र विभिन्न डिजिटल सुविधाका साथै बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको फाइनान्सले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)