काठमाडौं। महालक्ष्मी विकास बैंकले विभिन्न संस्थालाई सहयोग गरेको छ । बैंकको नेपालगञ्ज शाखाले कोहलपुर नगरपालिका–११ स्थित निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई ‘सेमी अटो बायोकेमिस्ट्री एनालाइजर मसिन’ प्रदान गरेको छ ।
विपन्न वर्गका नागरिकको मिर्गौला, कलेजो, मधुमेह र युरिक एसिड सम्बन्धी परीक्षण सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।
त्यस्तै बैंकका काठमाडौंस्थित डल्लु र ठमेल शाखाले जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामेरा हस्तान्तरण गरेको छ । सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान प्रयोजनार्थ बैंकले उक्त सहयोग प्रदान गरेको बताइएको छ ।
त्यस्तै बैंकको वीरगञ्ज शाखाले वीरगञ्ज महानगरपालिका–१४ स्थित सिद्घार्थ माध्यमिक विद्यालयलाई ६ थान स्मार्ट टेलिभिजन सहयोग गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन मद्दत पुर्याउने उद्देश्यले स्मार्ट टेलिभिजन सहयोग गरेको जानकारी दिएको छ ।