ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकको ‘नबिल ढुक्क बचत खाता’

२०८० बैशाख, २६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क बचत खाता’ ल्याएको छ । यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमाबापत एक लाख रुपैयाँ, दुर्घटना बीमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमाबापत ३ लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउने बताइएको छ ।
त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने बताइएको छ । महीनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ । नबिल फोन लोनको सुविधा रहेको यस खातामा लकरको सुविधा रहेको र लकर पहिलो वर्ष निःशुल्क रहने बताइएको छ । ७ दशमलव ४० प्रतिशतको ब्याजदर समेत रहेको यो योजनामा खाता खोल्नका लागि न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्ने बैंकले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)