ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकका ग्राहकलाई र अन्नपूर्ण केबलकारमा छूट

२०८० बैशाख, २६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका कार्डवाहक ग्राहकलाई छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात बैंकका कार्डवाहकले केबलकारमा २५ प्रतिशतसम्मको छूट पाउनेछन् । साथै पोखरास्थित सिटिजन्स बैंकका शाखामा नयाँ खाता खोल्ने ग्राहकका लागि केबलकारको टिकट निःशुल्क उपलब्ध गराइने बताइएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ  । 
डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)