ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंका सडकमा बजेट सक्ने चटारो : कतै खनिँदै, कतै टालिँदै [फोटो फिचर]

२०८० बैशाख, २८  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । कतै सडक खनिँदैछ त कतै कंक्रिटलगायतका सामग्री बिछ्याइँदैछ । कतै भने ढल निर्माणको काम हुँदैछ । काठमाडौंको न्युरोड, असन, इन्द्रचोकलगायत क्षेत्रमा बिहीवार यस्तै दृश्य देखियो । 

आर्थिक वर्ष सकिन दुई महीना मात्रै बाँकी रहँदा ती क्षेत्रमा धमाधम सडकसँगै ढल निर्माण योजना अघि बढेको छ । यी क्षेत्रमा दुई साताअघि निर्माणको काम शुरु भएको स्थानीय बताउँछन् । 

यसो त यी क्षेत्रमा मात्रै अहिले योजना निर्माणको काम अघि बढेको होइन, अन्य ठाउँमा पनि यही प्रवृत्ति छ । नेपालमा आर्थिक वर्ष सकिन लाग्दा हतारहतार काम गरेर बजेट सिध्याउने गरिन्छ । 

आर्थिक वर्षको अन्तिम समयमा सम्पन्न गरिएको योजना गुणस्तरीय नहुने जानकारहरू बताउँछन् । तर, यसतर्फ सरोकारवाला निकायले चासो नदिने गरेको आम सर्वसाधारणको गुनासो छ । 

यसरी हतारहतार सम्पन्न गरिएका योजना दिगो नहुँदा वर्षेनि खर्च गरिएको बजेट 'बालुवामा पानी' भइरहेको छ । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)