ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट नामक भूत

२०८० बैशाख, २९  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

यसै हप्ता अर्थमन्त्री (अम)ले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता पेश गरे । त्यसमा पर्न पर्ने वा पार्न पर्ने सबै विषय पारे । काम भन्या यस्तै हो, जनतालाई सुनाइदिनुपर्ने कुरा पनि सबै परेका छन् । अब अमले सुशासन पनि गर्दिने रे, आर्थिक वृद्धि पनि गर्दिने रे, नयाँ रोजगारी पनि सृजना गर्दिने रे, सबै सबै गर्दिने रे । तर कसरी भन्ने चाहिँ भन्नै परेन । यत्ति भएसि के चाहियो त ? अमले भनेका कुरा जनताले पत्याएकै छन् । पहिले पहिलेका अम र प्रमले पढ्ने यस्तै खालका निबन्धहरू पनि पत्याउँदै आएकै हुन् क्यारे !

निसास्सिएका व्यवसायी र अत्तालिएका उद्यमी सबैका आँखा नयाँ बजेटमा छ । तैपनि केही त्राण पाइन्छ कि भन्ने आश छ । यही आशमा अर्थतन्त्रको अड्किएको सास छ । तर नउड्ने जेटलाई बजेट भन्छन् गाउँ खाने कथामा । २००८ सालदेखि यस्तो जेट उडाएको उडायै छन् । उहिले यो बजेट सुन्न रैतीका कान रेडियोतिर तेर्सिन्थे । आज अखवार र टिभीतिर आँखा दौडिन्छन् । तर भन्ने र सुन्ने दुवैलाई थाहा छ यो बजेटबाट केही झर्नेवाला छैन । तर पनि न खजाञ्ची अड्डाका काजीहरू बजेट फलाक्न छोड्छन्, न जनताहरू के के न होला भन्दै कान र आँखा तेस्र्याउन नै छोड्छन् । 

तर मलाई भने यो आर्थिक वृद्धिदर अर्थात् जीडीपी भन्ने सुन्नेबित्तिकै डर पो लाग्न थाल्छ भन्या ⁄ किनकि मैले बुझेको जीडीपी भनेको ‘समस्त घरेलु उत्पादन’को रूपमा भोका, नांगा र पीडित जनताका डरलाग्दा अनुहार पो देखापर्छन् त । यिनीहरू कुनै न कुनै घरेलु उत्पादनका खरीदकर्ता नै लाग्छन् । सम्पूर्ण विश्व एउटा बजार हो र सबै जीवहरू यसका उत्पादन हुन् । विकास, बजेट घाटा, राजस्व घाटा आदि शब्दहरू जब बजेट वक्तव्यको कागजबाट हवाईजहाज बनेर अखवार र टिभी च्यानलहरूमा छाउँछन्, यी शब्दहरूले सर्वसाधारण त के भूत पनि डराउँछन् होला ।

नेपालमा बजेट भनेको सरकारी कर्मचारीको बढेको तलब र जनतालाई थोपरिदिएको थप करबाहेक अरू थोक के नै पो हुन्छ र ? त्यसैले जब जब सरकारले नीति तथा कार्यक्रम ल्याउँछ वा बजेट पढ्छ, तब तब चारै दिशामा महँगीको गीत सुनिन थाल्छ । चुरोट, मदिरामा थप अन्तःशुल्क, गाडीमा थप भन्सार, साडीमा थप करको संसार, आदि आदि । तर जताबाट जे गरे पनि सरकारको खातापातामा केवल घाटै घाटा मात्र देखिन्छ । अनि सर्वसाधारण मानिसको जिन्दगीको घाटा एउटा ठूलै घटनाको रूपमा घटित हुन थाल्छ । सूचकांक, नेप्से, पूँजीबजार, भुक्तानी सन्तुलन, कर्पोरेट ट्याक्स, पूँजीगत लाभकर, मूल्य अभिवृद्धि कर, शोधनान्तर घाटा, रेमिट्यान्स आदि जस्ता शब्दहरू यस्ता भयंकर सुनिन्छन् कि कुनै पनि पनि अपराधी र हत्याका आरोपीलाई आफ्नो अपराध स्वीकार गराउनका लागि यातनाको रूपमा प्रयोग गर्न सकिन्छ ।

अझ अर्थमन्त्रीले विकास बजेट, राजस्व संकलन, आर्थिक विकास जस्ता शब्दहरू संसद्मा बोलिरहँदा यस्तो लाग्छ कि उनलाई पखाला लागिरहेको छ, तर उनी शंख फुक्न विवश छन् । शंख पनि बजाइरहनै पर्‍या छ, अनि पखाला पनि रोक्नु परिराछ । यही नै हो बजेटको जादू । बजेटमा प्रयोग हुने शब्दहरू बुझ्न र मर्नमा कुनै एउटा चैं छान्नुपर्‍यो भने म त बाजागाजाका साथ श्मशान घाट जान धेरै उचित सम्झन्छु । यो नीति तथा कार्यक्रम वा बजेटमा प्रयुक्त हुने शब्दहरू सुन्दा सुन्दा यस्तो लाग्छ कि बजेटीय संसार एकदम बुद्धिमान् छ र म चाहिँ एउटा मूर्ख, दुष्ट र अधम टाइपको जन्तु हुँ । यदि जंगलमा कुनै मान्छे भूतको फेला पर्‍यो भने त्यसबेला अर्थमन्त्रीले बोल्ने र बजेटमा प्रयोग हुने शब्दहरू उसले उच्चारण गर्दियो भने भूत आफ्ना अदृश्य खुट्टाहरू टाउकामाथि राखेर पक्कै कुलेलाम ठोक्छन् होला । त्यसैले त बजेट भन्नासाथ सर्वसाधारण पनि भूत आयो भनेर तर्सिने अवस्था छ ।

जस्तै, बजेटमा प्रयोग हुने इनकमको मतलब ‘पैसा इन हुन्छ कम’ भन्ने बुझिन्छ । आयकरको अर्थ यस्तो ध्वनित हुन्छ कि ‘आयो र कर गरी गरी रकम लिएर गयो ।’ तर दुवै शब्दमा जनतासँग भएको रुपियाँ पैसा जाने कुरा नै हुन्छ । अझ भनौं बजेटको मतलब करको भारले लादिएको ब्रिफकेसभित्रको किताब हुन्छ । त्यसभित्र झटपट तयार गरिएका कर्मकाण्डी, भट्किलो र जनतालाई अझ लाचार बनाउने, महँगी बढाउने सरकारी दस्ताबेज भन्ने भाव आउँछ । अझ बजेटलाई यसरी परिभाषित गर्दा उचित होला ।

बजेट भनेको गफैगफको पोको रहेछ 
थोरै तल–वितलमै फुट्ने फोको रहेछ
यो गर्छु र त्यो गर्छु भन्दा भन्दै सकिने 
वास्तविकता कम धेरै मनको धोको रहेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)