काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको ठमेलस्थित अजा डायनास्टीले छूट दिने भएको छ । बैंकका कार्डवाहक ग्राहकलाई डायनास्टीले छूट दिने सम्झौता गरिएको हो ।
सो सम्झौतापश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले डायनास्टीमा १० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहनका लागि समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।